सबै पक्षसँगको सहकार्यमा बाग्लुङको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छु : एसपी ज्ञवाली
बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउने बताएका छन् ।
बाग्लुङको कमाण्ड समालेपछि स्थानीय पत्रकारहरूसँगको भेटघाटमा एसपी ज्ञवालीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।
उनले धेरैजसो सडक दुर्घटनाका घटना, आपराधिक गतिविधि भइरहेको आफूले बुझेको बताउँदै त्यसको रोकथाममा पहिलो अभियान रहने बताए । उनले भने, ‘तपाईहरूको साथ पाएमा अझ काम गर्न सजिलो हुन्छ ।’
आफूहरूलाई थाहा नभएको कुनै घटना छ भने खबर गराइदिन उनले पत्रकारहरूसँग पनि आग्रह गरेका छन् ।
आफूहरू हरदम जनताको सेवाका लागि तयार भएको एपी ज्ञवालीले बताएका छन् ।
उनले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
सुरक्षाका सन्दर्भमा आवश्यक सूचना महत्वपूर्ण हुने भन्दै उनले सुरक्षासम्बन्धि सूचना तथा जानकारी उपलब्ध गराउन अनुरोध गरेका छन् ।
एसपी ज्ञवालीले कानूनले बर्जित गरेका काम कारवाही रोक्न नागरिक र प्रहरीको दायित्व बराबरी रहेको बताएका छन् ।
सूचनाको बलियो स्रोत नागरिक नै भएको उदाहरणहरू दिएका उनले हरेक घटनामा प्रहरी दोषीको नजिक पुग्न नागरिकको साथ चाहिने बताए ।
उनले प्रहरीको अधिकार क्षेत्र बाहिरका घटनाहरूमा समेत प्रहरीप्रति प्रश्न उठ्ने गरेको बताएका छन् ।
आगामी निर्वाचनको सवालमा जिल्ला प्रहरी कार्यालय सबै हिसाबले तयार रहेको भन्दै प्रहरी प्रमुख ज्ञवालीले हेडक्वाटरले दिने निर्देशनका आधारमा गतिविधि अघि बढ्ने बताए ।
यसअघि, एसपी ज्ञवाली गण्डकी प्रदेश दंगा नियन्त्रण गण बेलचौतारा, तनहुँमा रहँदा विभिन्न जनमत्री र प्रहरीमैत्री कार्य गरेका कारण लोकप्रिय बनेका थिए ।
डीएसपी हुँदा चितवनको रत्ननगर टाँडीमा ‘एक टोल एक घण्टा’, अवैध उत्खनन् नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारी साधन चोरी, महिला हिंसा नियन्त्रण, बलात्कार काण्ड न्यूनीकरण अभियान, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरू गरेर स्थानीयहरूका बीच लोकप्रिय थिए ।
रत्ननगरमा लागूऔषधसँगै गुण्डागर्दीविरुद्ध शून्य सहनशीलताका साथै मिटर व्याज, गुण्डागर्दी, जुवाको अखडा ठप्प बनेको प्रहरीको रेर्कडमा छ ।
ज्ञवालीले अष्ट्रेलियमा जाने लागेको भनेर विवाह गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिड्ने युवालाई पनि एकसातामा प्रविधिमार्फत पक्राउ गर्न सफल भएका थिए । ज्ञवाली अपराध अनुसन्धानमा पनि अब्बल मानिन्छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया