गुण्डा नाइके शुक्रको ग्याङले ठकुरीलाई ‘धुलाइ’ गर्यो
चरिकोट । दोलखा जिल्लामा व्यवसायी नारायण ठकुरीले कुटाइ खाएपछि प्रहरीमा उजुरी दिएका छन् ।
ठकुरीलाई शुक्र तामाङको समूहले कुटपिट गरेको आरोप छ । ठकुरीले आफूलाई तामाङको समूहले कुटपिट गरेको दाबीसहित प्रहरीमा निवेदन दिएका हुन् ।
तामाङ गुण्डा नाइकेको रुपमा परिचित छन् । कुटपिटमा संलग्न तामाङ नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’का क्षेत्रीय सभापति हुन् ।
दोलखा भीमेश्वर किराँती छापस्थित सडकमा तामाङको समूहले ठकुरीलाई आइतबार राति धुलाइ गरेको आरोप छ ।
कुटपिटबाट ठकुरीको शरीर र टाउकोमा चोट लगेको छ । तामाङ समूहले सडक छेकेर कुटपिट गरेको ठकुरीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगा पौडेलले केही व्यक्तिबाट ठकुरी कुटपिट भएको बताएका छन् ।
घटनामा संलग्नको खोजी भइरहेको उनले बताएका छन् ।
प्रहरीका अनुसार घाइेत ठकुरी आइतबार साँझ दोलखास्थित गैरीमुदीबाट चरिकोट फर्कंदै थिए ।
तामाकोसी आइपुगेपछि ठकुरीलाई तामाङको समूहले पछ्याउँदै आएको थियो ।
‘मसहित चारजना गैरीमुदीबाट चरिकोट आउँदै थियौँ । यही क्रममा अज्ञात समूहले हामीलाई फलो ग¥यो’, कुटाइ खाएका ठकुरीले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया