कांग्रेसको जित सुनिश्चित छ, प्रचारमा लागौँ : किरण गिरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले कांग्रेसकै नेतृत्वमा मुलुकले निकास पाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सोमबार नेता गिरीले कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको भन्दै कांग्रेसकै नेतृत्वमा समृद्धि र सुशासन हुने बताए ।

उनले कांग्रेसले मात्रै सबैखाले अन्यौलताको समाधान गर्ने बताए । उनले फेरि कांग्रेस कै नेतृत्वमा तीन तहको निर्वाचन हुने समेत बताएका छन् ।

उनले कांग्रेसको पक्षमा प्रचार गर्न घर–घरमा गएर जनतासँग मत माग्न आग्रह गरेका छन् ।

‘प्रजातन्त्र हुँदै नेपाली जनताको आन्दोलन र चाहनाबाट स्थापित आजको संघीय लोकतान्त्रिक गणतन्त्र वर्तमान नेपालको उत्कृष्ट राजनीति प्रणाली हो’, उनले भनेका छन् ।

‘सार्वभौम जनताको सहभागितामा सम्पन्न हुने आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष हो’, उनले भने, ‘आगामी वैशाख ३० गते स्थानीय निर्वाचन हुँदै हामी तीन तहको निर्वाचन गर्न गैरहेका छौं । कांग्रेसको जित सुनिश्चित छ ।’

आफ्नो राजनीपतक यात्रा, अडान र दृष्टीकोणप्रति सधैं कांग्रेस प्रतिबद्ध रहेको गिरीले बताए ।

सबै खाले पेचिलो राजनीतिलाई चिर्दै अब कांग्रेसको स्थानीय संगठनहरूले चुनावी कार्यतालिकासहित जरुरी कार्यक्रम थालनी गर्नु पर्ने उनले बताएका छन् ।

Published : Monday, 2022 February 28, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया