एमालेपनि एमसीसीको छलफलमा भाग लियो, केहीले नारा लगाए, रावल बोले

काठमाडौं । प्रमुख विपक्षी दल एमालेका सांसद भीमबहादुर रावल पनि एमसीसीको छलफलमा सहभागी भएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले नारावाजी गरेका थिए । उनीहरूले आफ्नो पार्टीका १४ जना सांसदहरूलाई कारबाही गर्न माग गरेका थिए ।

एमालेले एमसीसीको छफलमा सहभागी नहुने जनाएको थियो । तर, एमालेका सांसद रावलले पार्टीको निर्णयलाई उल्लंघन गरेर छलफलमा सहभागी भएको टिप्पणी भएको छ ।

उनले एमसीसीको विरोध गरेका थिए । उनले एमसीसीको समर्थन नगर्न आग्रह गरेका थिए ।

Published : Sunday, 2022 February 27, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया