विकास विरोधी कम्युनिस्टले एमसीसीबारे गलत प्रचार गरे : शंकर भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एमसीसीको बारेमा कम्युनिष्टहरूबाट गलत प्रचारबाजी भइरहेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला तनहुँ क्षेत्र नं. २ को खैरेनीटारमा शनिबार कांग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्टहरूलाई एमसीसी आउँदा विकास हुन्छ भनेर त्यसको विरोध गरेको बताए । उनले मुलुकमा अस्थिरता सिर्जना गर्नका लागि कम्युनिष्टहरूले गलत प्रचारबाजी गरेको बताए ।

एमसीसीको विषयमा फिजाइएको गलत प्रचारबाजीलाई कांग्रेसले गाउँ तहसम्म चिर्दै लैजानुपर्ने बताए । उनले अमेरिकाले विनासर्त दिएको अनुदानको रकमलाई गलत प्रचार गर्ने कम्युनिस्टहरू विकास विरोधी भएको बताए ।

एमसीसी सम्झौताले मुलुकमा ठूलो लगानी भित्रिने र विकास निर्माणमा टेवा पुग्ने भण्डारीको भनाई छ ।

वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको भन्दै पूर्वमन्त्री समेत रहेका भण्डारीले निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले पार्टीभित्रका झिनामसिना विवादमा कोही पनि अल्झनु नहुने बताएका छन् ।

उता, अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा तनहुँको भीमादमा गरिएको जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

लिगको उपाधी दोभान युवा क्लव भादगाउँले हात पारेको छ । दोभानले ट्राइबेकरमा अजम्बरी युवा क्लव डुम्रेलाई पराजित गर्दै उपाधी हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट एक–एक गोल भएपछि खेल ट्राइब्रेकरमा टुगिएको थियो ।

खेलको पहिलो हाफको सुरुवातीमा नै डिबक्स भित्र दोभानको खेलाडीको भित्र हातमा बल लागेपछि अजम्बरीले पेनाल्टी पाएको थियो ।

पेनाल्टी सदुपयोग गर्दै अजम्बरी एक गोलले कायम गर्न सफल भएको थियो । दोभान १० जना खेलाडीमा सीमित हुन पुगेको थियो ।

दोस्रो हाफको बीच समयमा दोभानले गोल गरेपछि खेल बराबरीमा रोकिनु पुगेको थियो । निर्धारित अवधिमा दुबै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा दोभानको तर्फबाट ४ र अजम्बरीको तर्फबाट १ गोल भएको थियो ।

उक्त प्रतियोगितमा विजयी टिम दोभानले १ लाख नगदसहित कप र दोस्रो हुने अजम्बरीले ५० हजार नगद र कप पाएको थियो ।

विजेता र उप–विजेता टिमलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारी नगदसहित पुरस्कार वितरण गरेका छन् ।

भण्डारीले भीमादको खेल मैदानको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

सहयोगका लागि सरकार र एन्फासँग समन्वय गर्ने पूर्वमन्त्री भण्डारीले बताएका छन् ।

एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभपतित्वमा भएको कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र भीमाद नगरपालिकाकी उपमेयर शारदा खनालले समेत बोलेका थिए ।

Published : Saturday, 2022 February 26, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया