गृह मन्त्रालयद्वारा छानविन समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति अनधिकृत रुपमा प्रवेश गरेको विषयमा गृह मन्त्रालयले छानविन समिति बनाएको छ ।

शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कतारको दोहा उड्न लागेको विमानमा एक व्यक्ति अनधिकृत रूपमा प्रवेश गरेको विषयमा छानविन गर्न समिति गठन गरेको जनाएको छ ।

समिति अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा गठन गरिएको छ । समितिमा ९ जना सदस्य छन् ।

छानविन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

सोमबार विमानस्थलको पर्खाल र बार नाघेर एक व्यक्ति अनधिकृत रूपमा नेपाल एयरलाइन्सको जहाजभित्र छिरेका थिए ।

Published : Friday, 2022 February 25, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया