ओलीसँग अनैतिक सम्झौंता नगर्न नेपालको देउवालाई आग्रह, कांग्रेससँगै मिलेर जाने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग कुनै पनि सहमति नगर्न आग्रह गरेका छन् ।
शुक्रबार नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्ने नाममा ओलीसँग अनैतिक सम्झौता नगर्न देउवासँग आग्रह गरेका हुन् ।
अध्यक्ष नेपालले एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म ‘न पोथी न भाले’को चाल देखाइरहेको बताएका छन् ।
उनले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधान नसच्याएसम्म आफूहरू विपक्षमा रहने बताए ।
‘मुख्य कुरा के हो भने केपी ओलीले एमसिसीलाई समर्थन गर्ने तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने’, उनले भने, ‘न भाले न पोथीको चाल देखाइरहनुभएको छ ।’
‘हामीले एमसिसी प्रोजेक्टमा कतिपय कुरालाई मिलाउनु पर्नेछ’, उनले भने, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई भनेको छु, हतारमा निर्णय नगर्नुस्, छलफल गर्नुस् र केपी ओलीसँग अनैतिक सम्झौता नगर्नुस् ।’
एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई बर्खास्त गर्नुपर्ने शर्त राखेको छ । यो सर्तप्रति अध्यक्ष नेपालले दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई बचाएर जानुपर्ने पक्षमा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया