गृहमन्त्री खाणद्वारा सभामुख सापकोटासँग परामर्श, के थियो प्रधानमन्त्रीको सन्देश ?
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी अनुमोदनका कारण देखिएको समस्या समाधानका लागि सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा खाण र सापकोटाबीच भेटवार्ता भएको हो । त्यस क्रममा उनीहरूका बीच एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा कुराकानी भएको हुन सक्ने बुझिएको छ ।
एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाब उत्पन्न भएका बेला गृहमन्त्री खाणले सभामुख सापकोटासँग भेट गरेर कुराकानी गरेका छन् ।
प्रतिनिधिसभाको बैठक स्थगन हुनेबित्तिकै खाण र सापकोटाबीच भेटघाट भएको थियो ।
गृहमन्त्री खाण प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर सापकोटालाई भेट गरेका बुझिएको छ ।
माओवादी केन्द्रले एमसीसीलाई अनुमोदन गर्न अस्वीकार गरेको छ । एमसीसी अनुमोदन भएन भने गठबन्धन तोडिने पक्का छ ।
एमालेसँग नेपाली कांग्रेसले सम्वादहरू अगाडि बढाएको छ । एमालेसँग सहकार्य गर्नुपर्ने अवस्था आयो भने सापकोटाको सभामुख पद सुरक्षित रहनेछैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया