महोत्तरीमा ९ लाख ५० हजारसहित भारतीय नागरिक पक्राउ
महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले स्रोत नखुलेको ९ लाख ५० हजार रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।
मनरासिसवा नगरपालिका–२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपियाँ र १ थान मोबाइलसहित भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
भारतको सीतामढी ग्रामपंचायत सिरसिया थाना बेला–१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दीपककुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको पंगेनीले बताए ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडी ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई कम्मरको भागमा बाँधी लुकाई ल्याएको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया