धुन्धुकारी चीनले औकात भुल्यो, नेपालको आन्तरिक मामिलामा आपत्तिजनक कुरा बोल्यो

काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा बोलेर एमसीसी रोक्न चलखेल गरेको प्रमाण दिएको छ ।

नेपालको विकास देख्न नचाहने चीनले एमसीसीको विरोध गरेको छ । चीनले नेपालमाथि कस्तो दृष्टि राख्छ भन्ने कुरा प्रष्ट भएको छ ।

चिनियाँ विदेश मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौताबारे अर्को टिप्पणी गरेर एमसीसीविरुद्धको आन्दोलन चर्काउन मद्दत गरेको छ ।

चाइना न्युज सर्भिसले बुधबार आयोजित पत्रकार सम्मेलनमा सोधेको नेपालसम्बन्धी प्रश्नमा चिनियाँ विदेश मन्त्रालयलकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति व्यंग्य गरेकी छिन् ।

‘अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ’, उनले भनेकी छिन्, ‘नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई नेपालीलाई अमेरिकी जनताको उपहार भनेको छ ।’

प्रवक्ता हुवाले भनेकी छिन्, ‘उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो ? त्यस्तो उपहार कसैले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो कि प्यान्डोराको बाकस ?’

उनले नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुने बताएकी छिन् ।

उनले अन्तर्राष्ट्रिय सहकार्य आपसी सम्मान र समानताको आधारमा हुनुपर्ने चीनको मत रहेको बताएकी छिन् ।

‘सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ’, उनले भनेकी छिन्, ‘सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन । जुलुम कूटनीति गरिनुहुँदैन ।’

यसअघि पनि चीनले नेपालमाथि अमेरिकाले एमसीसी जबर्जस्ती गरिरहेको आरोप लगाएको थियो ।

नेपालका हरेक ठाउँमा आफ्नो कब्जा गर्दै आएको चीनले एमसीसी प्रवेश रोक्न खोजेको छ । रेष्टुरेन्ट, इट्टाभट्टदेखि स–साना कुरामा पनि चीनले आफ्ना एजेन्टहरूलाई नेपालमा परिचालन गर्दै आएको छ । हरेक गाउँ–गाउँमा चिनियाँ नागरिकले व्यापार गरिरहेका छन् ।

Published : Wednesday, 2022 February 23, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया