छ जना प्रहरीको ज्यान बचाउने जानकीलाई गृह मन्त्रीले दिए धन्यावाद
काठमाडौं । अराजक समूहले ६ जना प्रहरीलाई लखेटेर सांघातिक हमला गर्ने क्रममा आफ्नो सटरभित्र संरक्षण दिएर बचाएकी जानकी श्रेष्ठलाई गृहमन्त्री बालकृष्ण खाणले धन्यावाद दिएका छन् ।
मंगलबार गृहमन्त्री खाणले श्रेष्ठलाई फोन गरेर आफ्नो पसलमा क्षति हुँदा पनि प्रहरीहरूको ज्यान बचाएको भन्दै धन्यावाद दिएका हुन् । खाणले श्रेष्ठको पसलमा भएको क्षतिका बारेमा पनि जानकारी लिएका छन् ।
एमसीसीविरुद्धको आन्दोलनका क्रममा प्रहरी लुकाएको भन्दै अराजक समूहले श्रेष्ठको सटर तोडफोड गरेर क्षति पुर्याइदिएका थिए ।
गृहमन्त्री खाणले पसलमा भएको तोडफोडप्रति दुःख व्यक्त गरेका छन् । उनले पसलमा भएको क्षतिको क्षतिपूर्ति सरकारले दिने आश्वासन दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीसहितको टोली पुगेर श्रेष्ठको बानेश्वरस्थित पसलको निरीक्षण गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया