प्यूठानमा कम्युनिस्टलाई विस्थापित गरेर कांग्रेसलाई स्थापित गर्छौं : सभापति राणा
प्यूठान । नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति रोज राणा ‘सरोज’ले कम्युनिस्टहरुलाई विस्थपित गरेर कांग्रेसलाई स्थापित गर्ने समय आएको बताएका छन् ।
शनिबार गृहजिल्ला प्यूठानमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले कांग्रेसका सबै नेता कार्यकर्ता मिल्ने हो भने कम्युनिस्टलाई पराजित गर्न सकिने बताए । उनले भने, ‘मसालबाट प्यूठानमा कांग्रेसलाई विस्थापित गर्ने ठूलो प्रयास भयो । अब कांग्रेस विस्थापित हुने होइन कम्युनिस्टलाई नै विस्थापित गर्नुपर्छ ।’
माओवादीको कथित जनयुद्धका बेला प्यूठानमा कांग्रेसका नेता कार्यकर्तालाई ठूलो यातना दिनुका साथै जिल्ला निकालासम्म गरेको भन्दै सभापति राणाले त्यस्तो अवस्थामा पनि कांग्रेसलाई बचाएर राखेको बताए । उनले आफू र आफ्नो परिवारलाई माओवादीले लखेटेको समेत बताए ।
उनले आफूलाई प्यूठानमा टुरिष्ट नेता भनेर आलोचना गर्ने गरेकोमा चित्त दुखाएका छन् । उनले भने, ‘कतिपय साथीहरुले मलाई टुरिष्ट नेता भन्नु हुन्छ । म र मेरो परिवारलाई माओवादीले दिएको दुःख र यातनाका बारेमा केही भन्नु हुन्न ।’
उनले आफू निरन्तर कम्युनिस्टसँग लडेको बताएका छन् । ‘म प्यूठानमा पैसा कमाउन आएको होइन । पैसा कमाउने नै हो भने मैले काठमाडौंमा धेरै कमाउन सक्छु’, उनले भने, ‘पदका लागि पनि आएको होइन । मैले चाहने हो भने काठमाडौंमा ठूलो पद पाउन सक्छु ।’
सभापति राणाले भने, ‘हामी सबै मिलेर कम्युनिस्तलाई हराउने हो । मिलेर चुनाव लड्ने हो ।’
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालसहितका नेताहरुको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया