कुर्सी फुत्किएको पीडा एमालेमा यसरी देखिएयो
हेटौंडा । प्रमुख विपक्षी दल एमालेले बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको छ ।
शनिबार हेटौंडामा आयोजित कार्यक्रमलाई एमाले र प्रदेश सभामुखले बहिस्कार गरेका हुन् । प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख विपक्षी दल एमाले अनुपस्थित भएको हो ।
कार्यक्रममा गठबन्धनका मन्त्री तथा सांसदहरूको मात्रै उपस्थिति रहेको थियो । एमालेको अनुपस्थितिमा सञ्चालन भएको कार्यक्रममा आयोजकले पनि विपक्षी दललाई सम्बोधन गरेका थिएनन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार रहेकाले सोही अनुसार मञ्चमा आसनको व्यवस्थापन मिलाइएको थियो ।
मञ्चमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल तथा स्वास्थ्यमन्त्री निमा लामा बसेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ पनि देखिएनन् । प्रदेश प्रमुख शर्माले भने स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।
एमालेले बागमती प्रदेश सरकार गुमाएको पीडाका कारण कार्यक्रम बहिस्कार गर्दै आएको छ । एमालेभित्रको कुण्ठा फागुन ७ गतेको प्रजातन्त्र दिवसमा देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया