देउवाले दाहालको बालुवाटारमा सातो लिए, कालोनिलो भएर बाहिरिए

काठमाडौं । एमसीसीलाई लिएर माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले नौटंकी देखाएपछि नेपाली कांग्रेस रिसाएको छ ।

बुधबार माओवादी र नेकपा एसले आफ्ना कार्यकर्तालाई एमसीसीविरुद्ध सडकमा उतारेर सुरक्षाकर्मीमाथि नै आक्रमण गराएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस आक्रोशित हुन पुगेको छ ।

एमसीसीलाई अगाडि बढाउने र संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले इमान्दारिताका साथ काम गरेका थिए । तर, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सडकमा ओरालेर विरोध गरेपछि कांग्रेससँगको सम्बन्धमा खटपट भएको छ ।

प्रधानमन्त्री देउवा रिसाएपछि माओवादीका अध्यक्ष दाहालले बालुवाटार पुगेर आफू पार्टीभित्र अफ्ठ्यारोमा परेको गुनासो गरेका छन् । उनले देउवासँग आफ्नो राजनीति बचाइदिन अनुनयविनय गरेका छन् ।

दाहालले दाहाललाई राजनीतिमा इमान्दारिता देखाउन आग्रह गरेका छन् ।

माओवादीले संसदीय दलबाट गरेको एमसीसीविरुद्धको निर्णय निकै आपत्तिजनक छ । यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने माओवादीको निर्णय थियो ।

एक्ला एक्लै भएको भेटपछि नेताहरूले आफूहरू निकटका नेताहरूलाई छलफलबारे जानकारी गराएका थिए ।

दाहालले पार्टीमा अधिकांश एमसीसीको विपक्षमा रहेकाले परिमार्जन नगरी एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको अडान राखेका थिए ।

गठबन्धनभित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको देउवाले दाहालसँग कुरा गरेका छन् । अन्तर्राष्ट्रियस्तरमा नेपालको छविमा नकारात्मक असर गर्ने देउवाले दाहाललाई बताएका छन् ।

देउवाले वैदेशिक सहायता, अनुदानमा रोकावट आउनेभन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन् ।

अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्रा कोष, एसियाली विकास बैंकलगायतबाट प्राप्त हुने सहयोगमा समस्या हुने देउवाले उल्लेख गरेका छन् ।

एमसीसी रोकियो भने भारत लगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्ने देउवाको चिन्ता छ ।

कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बाध्यता रहेकोमा देउवाले दाहाललाई सुनाएका छन् ।

देउवाले दाहाललाई एमसीसीको विपक्षमा मतदान गरे पनि सरकारमा बस्न र गठबन्धन कायम राख्न सकिने सुझाव दिएका छन् ।

देउवाको सुझावपछि दाहालले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालका बीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो ।

गृहमन्त्री खाण उपस्थित भए पनि धेरै बेरसम्म अर्थमन्त्री शर्मा उपस्थित भएनन् ।

Published : Wednesday, 2022 February 16, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया