प्राधिकरणमा क्षेत्रीलाई रोक्न विवादित अधिकारीले बोलाए बैठक
काठमाडौं । राजकुमार क्षेत्रीलाई रोक्न प्रदीप अधिकारीले नेपाल नागरिक उड्यन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सम्हाल्न नदिन स्टाप बैठक बोलाएका छन् ।
अधिकारीले सोमबार बिहान ९ बजे प्राधिकरणको मुख्यालय बबरमहलमा स्टाप बैठक बोलाएको स्रोतले जनाएको छ । स्टाप बैठकमा अधिकारीले क्षेत्रीलाई महानिर्देशकमा रोक्नका लागि प्रस्ताव गर्ने बुझिएको छ । क्षेत्री आज कार्यालय समयभित्र जिम्मेवारी सम्हाल्न प्राधिकरणको मुख्यालय जान लागेका छन् ।
प्राधिकरणमा मन्त्री आलेको पार्टीको युनियन छैन । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रमा आबद्ध कर्मचारीहरूको युनियन छ । यस्तो अवस्थामा उनीहरूले उचित निर्णय गरेर नियम र कानूनअनुसार काम गर्नुपर्छ ।
अधिकारीले कर्मचारीहरूका युनियनहरूलाई उचालेर क्षेत्रीलाई प्राधिकरणमा प्रवेशमा रोक लगाउने तयारी गरेका छन् । अधिकारी जुनियर कर्मचारी हुन् । अधिकारीका विगतको रेकर्ड राम्रो छैन ।
युनियनमा आबद्ध कर्मचारीहरूले अधिकारीको उक्साहटमा लागेर क्षेत्रीलाई महानिर्देशकको जिम्मेवारी लिनबाट रोक्छन् वा सहयोग गर्छन् हेर्न बाँकी छ ।
युनियनहरूले अधिकारीलाई साथ दिन हुँदैन । किन भने उनी निकै विवादित कर्मचारी हुन् । वरिष्ठ कर्मचारीहरूलाई सधैं अपमान गरेर अवसर लिनेमा अधिकारी अगाडि छन् ।
अधिकारीविरुद्ध बदला लिने अवसर कर्मचारी र युनियनहरूलाई समय आएको छ ।
सर्वोच्च अदालतले क्षेत्रीका पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जबरजस्ती अवकास दिने निर्णयमा धक्का लागेको थियो ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा भएको सुनुवाईपछि क्षेत्रीलाई अनिर्वाय अवकास दिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिँदै अल्पकालीन आदेश दिएको हो ।
महानिर्देशक क्षेत्रीलाई उमेर हदको कारण देखाएर चार वर्षे कार्यकाल हुँदाहुँदै मन्त्री आलेको दिर्नेशनमा तीन महिनामै अवकास दिएर हटाउने हर्कत भएको थियो ।
त्यसपछि क्षेत्री न्याय खोज्न सर्वोच्च अदालत गएका थिए ।
क्षेत्रीलाई महानिर्देशकको काम गर्न दिनुभनेर यसअघि पनि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ ।
तर, मन्त्री आले र सचिव महेश्वर न्यौपानेले सर्वोच्च आदेशलाई कार्यान्वयन नगरेर मानहानी गरिरहेका छन् ।
क्षेत्रीलाई काम गर्न दिनुको साटो मन्त्री आले र सचिव न्यौपानेले प्राधिकरणको महानिर्देशकमा कनिष्ठ कर्मचारी अधिकारीलाई नियुक्त गरेर प्राधिकरणभित्र भाँडभैलो मच्चाएका थिए ।
मन्त्री आले र सचिव न्यौपानेले पर्यटन मन्त्रालयमा गरेका ज्यादतीविरुद्ध कर्मचारीहरूले आवाज उठाउन थालेका छन् ।
उनीहरूको बेथितिका कारण पर्यटन मन्त्रालय र मातहतका कार्यालयको अवस्था बिग्रिदै गएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया