दाङको गढवामा कांग्रेस निकटका शिक्षकहरूको नयाँ कार्यसमिति चयन
गढवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन शिक्षकहरूको ठूलो भूमिका रहने बताएका छन् ।
शनिबार दाङको गढवा गाउँपालिकास्तरीय नेपाल शिक्षक संघको अधिवेशनलाई गढवामा सम्बोधन गर्दै चौधरीले शिक्षकहरूले विगतमा कांग्रेसको संगठन निर्माणमा भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।
उनले स्थानीय तहको निर्वाचनमा शिक्षकहरूले कांग्रेसका उम्मेदवाहरूलाई जिताउने अपेक्षा लिएको बताए ।
यसैबीच, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल शिक्षक संघ, गढवाको २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
संघको अध्यक्षमा सर्वोदय प्राथमिक विद्यालय गढवाका शिक्षक ताराप्रसाद ढुंगाना चयन भएका छन् ।
आधारभूत विद्यालय, बालाखुट्टीमा सम्पन्न अधिवेशनले ढुंगानाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष हिमालप्रकाश अधिकारीले जानकारी दिएका छन् ।
कार्यसमितिको महिला उपाध्यक्षमा सीता यादव, उपाध्यक्ष पार्वता भुसाल चयन भएकी छिन् ।
प्रशासनिक सचिवमा भेषबहादुर बिसी, अर्थसचिव नरबहादुर डिसी चयन भएका छन् ।
सह–सचिवहरूमा सुवास चौधरी, माधवराम यादव, रामकुमारी यादव, गंगाराम कुमाल, गिरीराज न्यौपाने रहेका छन् ।
वडा संयोजकहरूमा प्रेमनारायण भुसाल, उदयराम वर्मा, खड्गबहादुर बटाला, चन्द्रमा चौधरी, रामकिशन यादव, चुमा न्यौपाने आले, स्वामीदयाल यादव र गोमा घर्ती चयन भएका छन् ।
सदस्य विमला वली, अष्मिता घिमिरे, शोभाकुमारी विसी, निर्दोष पाण्डे, बद्रीनाथ यादव, खिमबहादुर चौधरी र रणबहादुर थापा रहेका छन् ।
२७ वटा सरकारी विद्यालय रहेको गढवा गाउँपालिकामा संघमा करीव १७० शिक्षक आबद्ध छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरी, नेताहरू प्रदीपराज शर्मा, श्रीपत चौधरी, किरण पौडेल, देवराज पाठक, दामबहादुर बिसी, माधवप्रसाद पोखरेल, तुलसीराम भुसाललगायतको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया