चर्चित सञ्चारकर्मी रवि लामिछानेका ससुराले पनि राप्रपा छाडे
काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको २४ घण्टाभित्रै अर्का नेता उद्धव पौडेलले पार्टी छाडेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर पौडेलले पार्टी छाडेका हुन् । उनले अब आफू राप्रपाबाट अलग भएको जनाएका छन् ।
‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ’, पौडेलले भनेका छन्, ‘असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु ।’
उनले भनेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु ।’
पौडेल प्रतिस्पर्धाबाट डराउँछन् । उनलाई कमल थापाले मनोनीत गरेर कार्यसमितिमा ल्याउने गरेका थिए ।
पराजित हुने डरले गएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।
राप्रपाका नेता पौडेल चर्चित सञ्चारकर्मी रवि लामिछानेका नातामा ससुरा पर्छन् ।
पौडेल फिल्मका निर्माता पनि हुन् । गोपीकृष्ण फिल्म हल उनैको थियो । अहिले त्यो फिल्म हल भत्काइएको छ ।
पौडेलले चाबहिलको ओम अस्पतालमा लगानी गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया