कांग्रेसको प्रवक्तामा डा.महत मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत मनोनीत भएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले डा.महतलाई प्रवक्तामा मनोनयन गरेका हुन् ।

‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य डा.महतलाई पार्टीको प्रवक्ता पदमा मनोनयन गर्नु भएको छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2022 February 7, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया