यी हुन् केयुमा विद्यावारिधी पाउने सानो उमेरका लामा

बनेपा । कान्छो उमेरमा राम लामा (३१ वर्ष) काठमाडौं विश्वविद्यालय (केयु)बाट दीक्षित भएका छन् ।

केयुबाट विद्यावारिधी (पीएचडी) गर्नेमध्येमा लामा सबैभन्दा कान्छो उमेरका हुन् । उनले विशिष्ट श्रेणीमा हाईड्रोपावर मेकानिकल ईञ्जिनियर गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–७ मादनमा जन्मिएका लामालाई विश्वविद्यालयका सह–कुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पीएचडीको प्रमाणपत्र प्रदान गरी दिक्षीत गरेका छन् ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङ विभागबाट विद्यावारिधी (पीएचडी) गरेका उनीसँगै २७औं दीक्षिन्त समारोहमा साइन्स्, म्यानेजमेन्ट, ईञ्जिनियरिङ र एजुकेशनमा गरी १२ जना विद्यावारिधीसहित विभिन्न संकायको फरक–फरक तहका १४ सय विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरी दीक्षित गरिएको छ ।

विद्यावारिधी गर्नेमध्ये लामाले नर्वेजियन दूतावासको छात्राबृत्तिमा विशिष्ट श्रेणीमा उक्त उपाधि हाँसिल गरेका हुन् ।

‘मैले काठमाडौं विश्वविद्यालयबाट मेकानिकल ईञ्जिनियरिङमा पीएचडी उपाधि हाँसिल गरेको हुँ, उपाधी हासिल गर्नेमध्येमा म सबैभन्दा कान्छो व्यक्ति हुँ’, उनले भनेका छन् ।

केयुबाट आइएससी र हाइड्रोपावर, मेकानिकल ईञ्जिनियरिङमा स्नातक गरेका उनले स्नातकोत्तर भने भारतको जवहरलाल नेहरू टेक्निोलोजिकल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका छन् ।

जलविद्युत आयोजनाको विकासको क्रममा दुई वर्षको अनुभव समेत लामाले राखेका छन् ।

उनले स्नातकोत्तरमा मेकानिकल ईञ्जिनियरिङ अध्ययनको लागि भारतीय दूतावासको छात्राबृत्ती पाएको थिए ।

लामाले गाउँकै स्वस्थानी निमाविमा कक्षा ८ उत्तीर्ण गरी सिर्जनशील जनता माविबाट २०६२ एसएलसी पास गरेका हुन् । त्यसपछि उनी केयुमा आइएससी अध्ययनको लागि भर्ना भएका थिए ।

हाल उनी काठमाडौं हाईड्रो सोलुशन प्रा.लि र काठमाडौं ईलेक्ट्रिक प्रा.लिका कार्यकारी अध्यक्ष भई जलविद्युत आयोजनाहरूमा काम गर्दै आएका छन् ।

केयुमा एकेडेमिय इन्डष्ट्री को–अपरेशन विभागका संयोजकको रूपमा कार्यरत छन् ।

च्याङबा तामाङ र कमिस्या तामाङको जुम्ल्याहा छोरा राम र लक्ष्मण दुवै जनाले २०६९ सालमा काठमाडौं विश्वविद्यालयबाट दाजु राम लामाले मेकानिकल र भाई लक्ष्मण लामाले इन्भारोमेन्टल इञ्जिनियरिङमा स्नताक गरेका हुन् ।

दुवै जनाले आफूहरू बाल्यकालमा अध्ययनरत विद्यालय स्वस्थानी मावि र सिर्जनशील जनता माविमा कक्षा ७, ८ र ९ का विज्ञान, गणित र अंग्रेजी विषयमा धेरै अंक ल्याउनेमध्ये ३–३ जनालाई पुरस्कृत गर्ने उद्देश्यले २०७७ सालबाट ‘जुम्ल्याहा इञ्जिनियर राम/लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार–२०७७’ स्थापना गरी वार्षिक २० हजारका दरले कोष खडा गरी पुरस्कृत गर्ने काम हुँदै आएको छ ।

Published : Wednesday, 2021 December 29, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया