कांग्रेसका युवा नेता पुडासैनी प्रदेश प्रतिनिधिमा निर्वाचित

हेटौँडा । नेपाली कांग्रेसका युवा नेता मिलन पुडासैनी प्रदेशतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

मकवानपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा ‘क’बाट पुडासैनी प्रतिननिधिमा विजयी भएका हुन् । उनी ३१८ मतसहित विजयी भएका छन् ।

शनिबार भएको अधिवेशनबाट पुडासैनी प्रतिनिधिमा निर्वाचित भएको निर्वाचत समितिले जनाएको छ ।

पुडासैनी नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँका प्रमुख स्वकीय सचिव समेत हुन् ।

Published : Saturday, 2021 November 20, 6:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया