प्रहरीका यी १६ जना इन्स्पेक्टरहरूको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर)को काज सरुवा भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले निरीक्षकहरूको सरुवा गरेको हो ।

धादिङ जिल्लाको खानीखोलामा निरीक्षक अपूर्व ढुंगानाको सरुवा भएको छ । खानीखोलाकी ईञ्चार्ज रुपा थापाको पनि सरुवा भएको छ ।

निरीक्षक नवीनकुमार थापा क्षेत्रको रुपन्देहीको ईलाका प्रहरी कार्यालयका सरुवा भएको छ ।

निरीक्षक शोभा पाण्डेयको संघीय प्रहरी ईकाइ कार्यालय रुपन्देहीमा सरुवा भएको छ ।

अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठ, काठमाडौंमा काज सरुवा गरिएको छ । बुढानिलकण्ठमा कार्यरत निरीक्षक राजकुमार तामाङलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सरुवा गरिएको छ ।

संघीय प्रहरी ईकाइ कार्यालय, पोखराका युवराजंग कार्कीको ईलाका प्रहरी कार्यालय लुम्बिनीमा सरुवा भएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीमा रहेका रविन्द्र महतको प्रहरी प्रधान कार्यालय, कानून शाखा, नक्सालमा सरुवा भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत जीवन लामिछानेको ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीमा सरुवा भएको छ ।

रन्यौरामा कार्यरत चक्रबहादुर डम्बर पालको जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत केशव केसीको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा काज सरुवा एभएको छ ।

रुपन्देहीमा कार्यरत दिवसबहादुर जिसीको प्ररही प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत तेजबहादुर खत्रीको ईलाका प्रहरी कार्यालय मर्चवार, रुपन्देहीमा काज सरुवा भएको छ । मर्चवारमा कार्यरत अमृत भण्डारीको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा सरुवा भएको प्रधान कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश सशस्त्र प्रहरी गण गुल्म नं. १ सुर्खेतमा कार्यरत राजाराम यादवको ईलाका प्रहरी कार्यालय रुद्रपुर, रुपन्देहीमा सरुवा भएको छ ।

रुद्रपुरका निरीक्षक देवेन्द्रकुमार मल्लको लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण कोहलपुर, बाँकेमा सरुवा भएको छ ।

Published : Friday, 2021 November 19, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया