साढे तीन वर्षमै कांग्रेसको पाउमा सत्ता बुझाउने ओलीका यस्ता छन् कर्तुतहरूको लिष्ट

काठमाडौं । झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि साढे तीन वर्षमा प्रधानमन्त्रीमा असफल भएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्ना विरोधीहरूको कठोर आलोचना गर्न थालेका छन् ।

सरकार र पार्टी चलाउन नसक्दा तत्कालीन नेकपा र एमाले पार्टीलाई ओलीले विभाजनसम्म गर्न भ्याएका छन् । राजनीतिक स्थिरता र समृद्धिको नारा दिएर झण्डै दुईतिहाइ बहुमत पाएका ओली साढे तीन वर्षमा असफल भएर सानो आकारमा पुगेको कांग्रेसको पोल्टामा ओलीले सत्ताको नेतृत्व पुर्‍याइदिएका छन् ।

ओली साढे तीन वर्ष प्रधानमन्त्री रहेका बेला मुलुकमा गर्न नहुने हर्कतहरू गरेर जनतालाई आजित बनाएका थिए ।

ओलीले सत्ताको नेतृत्व गरेको बेला गिरीबन्धु टिस्टेटको जग्गा ३ सय ४४ बिघा (मूल्य करीव ३ खर्ब १० अर्ब) घोटाला गरेको आरोप छ । ओलीलाई मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार गरेको, सुपारी तस्करसँग कमिशन खाएको, आरोप लाग्दै आएको छ ।

एमालेका अध्यक्ष ओलीलाई वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार, राज्यको अर्बौं रकमले गुटको भरणपोषण, ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का दिएर करोडौँको घोटाला, अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद गरेर कमिशन खाएको, राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिशन लिएको जस्ता आरोप छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ओलीका मन्त्री गोकुल बास्कोटाले ७० करोडको बार्गेनिङ गरेको, सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस लिएको आरोप पनि ओलीलाई छ ।

प्रतिनिधि सभाका सांसदलाई महेश बस्नेतको ग्याङ लगाएर दिनदहाडै अपहरण गर्न लगाएको, पहिलो लकडाउन जनतालाई घरभित्र थुनेर पार्टी फुटाउन दल विभाजनको अध्यादेश जारी गरेको, नेकपाको अध्यक्ष आफू हुँदाहुँदै निर्वाचन आयोगमा एमाले दर्ता गराएको जस्ता आरोप माधव नेपाल समूहको छ ।

ओलीले आफ्ना आलोचकलाई सल्लाहकार मार्फत ज्यान मार्ने धम्की दिएको, राष्ट्रहीतविपरितको भनिएको अमेरिकी परियोजना एमसीसी सम्झौंता पारित गर्न जोरजुलुम गरेको, एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू गरेको आरोप ओलीलाई छ ।

संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण गरेको, मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुटको भेला गरेर एमाले विभाजनको बीउ रोपेको, मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएको जस्ता आरोप पनि ओलीलाई छ ।

एमाले पार्टी फुटाउन निरन्तर गुट भेला र प्रशिक्षण गरेको, संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा गरेको, संकटकाल लगाउन पटक–पटक छलफल र प्रयास गरेको, चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि देखाएको, मन्त्रालयहरूमा भ्रष्टाचारको सम्भावना खोज्ने गिरोह गठन गरेको आरोप पनि ओलीलाई छ ।

सचिवलाई उचालेर मन्त्रीहरूमाथि प्रहार गरेर काममा अवरोध गरेको, बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेता विष्णु पौडेलको संरक्षण गरेको, आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव ल्याएको जस्ता आरोप पनि ओलीलाई छ ।

खुलामञ्चमा निमुखालाई खाना बितरणमा रोक लगाएको, राम्रो काम गरेका कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट अवकाश, ‘असक्षम’ सालोलाई नियुक्ति गरेको, पर्सामा आफ्नै पार्टी कार्यकर्ताको हत्यारालाई संरक्षण गरेको, सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रुपान्तरण गरेको आरोप पनि छ ।

स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापको बिल्ला लगाएको, लिम्पियाधुरासहितको चुच्चे नक्शा हटाएर भारतको विश्वासपात्र बन्ने प्रयास गरेको, भारतले मिचेको भू–भाग फिर्ताका लागि उदासीनता देखाएको, ‘रअ’का प्रमुखसँग मर्यादाविपरित गोप्य रुपमा भेट र साँठगाँठ गरेको आरोप पनि ओलीलाई छ ।

पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा गरेको, शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रहत्या गराएको, लिम्पियाधुरासहितको नक्शा भएको पुस्तक वितरणमा रोक लगाएको आरोप ओलीलाई छ ।

कोभिड–१९ नियन्त्रणमा लापरर्वाही र चरम भ्रष्टाचार गरेको, शीतल निवास र बालुवाटारको सुविधामा वृद्धि गरेको, राष्ट्रपतिका लागि अर्बौंको हेलिकोप्टर गरेर सुविधा दिएको, शीतल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण गरेको आरोप ओलीलाई छ ।

संघीयताको अपमान, प्रदेश संघको इकाई भएको घोषणा गरेको, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय खारेजी गरेको, समाजवाद छोडेर दलाल नोकरशाही पुँजीवादको अभ्यास गरेको, सक्षम मन्त्रीहरूको बर्खास्ती, असक्षमहरूको नियुक्ति, ओलीका कारण ९ खर्ब ऋणको भारी बोक्नु परेको आरोप छ ।

आफूनिकटका आरोपी नेताहरूको संरक्षणमा अग्रसरता देखाएको, ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक गरेको, मिडियालाई मुखपत्र बनाउने कोसिस, नमान्नेमाथि आक्रमण गरेको, दुई–दुई पटक संसद् विघटन र मध्यावधि निर्वाचनका लागि प्रयास गरेको आरोप ओलीलाई छ ।

४ खर्ब १८ अर्ब ८५ करोड बेरुजु देखाएर भ्रष्टाचार गरेको, दुईतिहाइ हाराहारीको नेकपा बिभाजन गरेको, एमाले बिभाजन गराएको, एसियाकै भ्रष्टाचार हुने मुलुकमा नेपाललाई पारेको, ट्रष्ट र सरकारी जग्गा यति समूहलाई हस्तान्तरण गरेको आरोप ओलीमाथि छ ।

हुन त ओलीले आफू सुशासनको पक्षमा रहेको भन्दै भ्रष्टाचारीको अनुहार पनि हेर्दैन भनेर पटक–पटक अभिव्यक्ति दिएका थिए । ओलीकै मन्त्रिपरिषदका सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिशनको अडियो बाहिरिएपछि मन्त्री पद गुमाउनु परेको थियो ।

Published : Friday, 2021 September 17, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया