रामेछाप कांग्रेसको सभापति ‘कान्छाराम’ले कब्जा गर्ने

मन्थली । नेपाली कांग्रेस रामेछापको सभापतिमा निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रामेछापको जिल्ला अधिवेशनमा तामाङले सभापतिमा उम्मेदवारी दिने जनाएका हुन् । उनले सबैलाई मिलाएर पार्टी सभापतिमा आफू निर्वाचित हुने बताएका छन् ।

वडा र स्थानीय तहमा अधिवेशन सम्पन्न भएपछि तामाङले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नेछन् ।

विगतमा कांग्रेसका उप–सभापति विमलेन्द्र निधी निकट मानिएका तामाङ नेता रामचन्द्र पौडेलतिर पनि झुकाब राखेको आरोप थियो । तर, अहिले उनी कुन गुटबाट उम्मेदवार बन्ने हुन् चर्चाको विषय बनेको छ ।

निर्माण व्यवसायी तामाङले रामेछापका अधिकांश स्थानमा बिरामीलाई अस्पतालसम्म लैजान सजिलो होस् भनेर एम्बुलेन्स निःशुल्क वितरण गरेका थिए ।

समाज सेवामा तामाङ अग्रस्थानमा पर्छन् । उनले रामेछापका जनताको सेवाका लागि सक्दो सहयोग गर्दै आएका छन् ।

Published : Thursday, 2021 September 2, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया