महामन्त्री खड्काद्वारा गिरीसँग टेलिफोनमा कुराकानी, यस्तो रहेछ स्वास्थ्य अवस्था

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेता प्रदीप गिरीलाई फोन गरेर स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद गिरी भारतको मुम्बईमा उपचाररत छन् । महामन्त्री खड्काले शुक्रबार साँझ ६ बजे फोन गरेर नेता गिरीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएको जनाएका छन् ।

महामन्त्री खड्काले भने, ‘उपचाररत नेता प्रदीप गिरीसँग शुक्रबार साँझ ६ बजे टेलिफोन सम्वाद भयो । घाँटीमा सानो ट्युमर देखिएको छ । त्यसको उपचारको तयारि भैरहेको छ ।’

‘मिडियामा प्रचारमा आए जस्तो मेरो स्वास्थ्य खराब छैन, सामान्य छ पूर्णजी भनेर उहाँले भन्नू भएको छ’, महामन्त्री खड्काले टेलिफोनसम्वादका विषयमा जानकारी दिँदै भने, ‘शुभचिन्तकले शीघ्र स्वास्थ्य लाभको कामना गरौं ।’

कांग्रेसका नेता गिरी पार्टीभित्र बौद्धिक नेतामा पर्छन् । गिरी कांग्रेसमा असल नेताका रुपमा परिचित छन् ।

Published : Friday, 2021 August 20, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया