एसएसपी थापाले पाए ठूलो जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापालाई लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को जिम्मेवारी दिएको छ ।
बिहीबार मन्त्रालयस्तरीय निर्णय गरेर एसएसपी थापालाई ब्यूरो प्रमुखको जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।
एनसीबीका प्रमुख एसएसपी दिलिप चौधरीले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त ठाउँमा एसएसपी थापाको सरुवा भएको हो ।
थापाको असार ७ गते नियमित सरुवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी मुख्यालयको अन्वेषण योजना निर्देशनालय सरुवा भएको थियो ।
Published : Friday, 2021 July 2, 10:30 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया