जोशीको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद नवीन्द्रराज जोशीको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकुष्ण खाणले शनिबार शोक वक्तव्य जारी गरेर जोशीको निधनले मर्माहत तुल्याएको बताए ।
जोशी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यका सदस्य समेत रहेका थिए ।
जोशीको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको थियो ।
जोशी विक्रम संवत २०६४ र २०७० सालमा सम्पन्न भएका संविधान सभा निर्वाचनहरूमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ बाट निर्वाचित भएका थिए । स्व.जोशी २०७३ सालमा उद्योग मन्त्री समेत भएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया