कांग्रेस सह–महामन्त्री थापाले बुझाए मन्त्रीहरूलाई धनकुटाको विकासको सूची
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाले धनकुटा जिल्लामा खानेपानी, सिचाइँ र विजुलीको पूर्वाधारका लागि माग गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका थापाले उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री टोपबहादुर रायमाझी र खानेपानीमन्त्री मणिचन्द्र थापासँग अलग–अलग भेट गरेर धनकुटाको विकासका लागि बजेट माग गरेका हुन् । आफूले राखेका मागका विषयमा दुबै मन्त्रीहरूले सकारात्मक रुपमा लिएको कांग्रेस नेता थापाले बताएका छन् ।
‘दुबै जना मन्त्रीहरूले धनकुटाको विकासका लागि नयाँ बजेटमा विशेष ध्यान दिने आश्वासन दिनुभएको छ’, सह–महामन्त्री थापाले भने, ‘धनकुटाका लागि आगामी बजेटमा राख्नका लागि मैले सूची तयार पारेर बुझाएको छु ।’ धनकुटाका कतिपय गाउँमा खानेपानी, बिजुली र सिचाइँको समस्या रहेको उनले बताएका छन् ।
सह–महामन्त्री थापाले आगामी बजेटमा खानेपानी, सिचाइँ, बिजुली लगायतका क्षेत्रका योजनाहरू समावेश गर्न आग्रह गरेको बताएका छन् ।
०७८–७९ का लागि सरकारले नयाँ बजेटको तयारी शुरु गरेको छ । बजेटको तयारी शुरु भएका बेला कांग्रेस नेता थापाले धनकुटाका लागि विभिन्न विकास योजनाहरूको सूची बनाएर मन्त्रीद्वय रायमाझी र थापालाई बुझाएका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया