‘पिडुला काण्ड’मा कोमल ओलीद्वारा आफ्नै पार्टीका नेताविरुद्ध अदालतमा मुद्धा दर्ता

काठमाडौं । नेकपा (एमाले)की नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्तविरुद्ध महिला काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेकी छिन् ।

आफ्नै दल एमालेका महिला नेतृ र सांसदहरूसहित मंगलबार बबरमहलस्थित जिल्ला अदालतमा मानहानीको मुद्धा दायर गरेकी हुन् । उनले आफूलाई महिला हिंसा र यौनउत्पीडन गरेकाले नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्धा दायर गरेको जानकारी दिएकी छिन् ।

एमालेका नेता पन्तले केही दिन अगाडि गायिका समेत रहेकी राष्ट्रिय सभाकी सांसद ओलीलाई साडी उठाएर पिडुला देखाएकै भरमा सांसद बनेको भनेर तल्लोस्तरको अभिव्यक्ति दिएका थिए ।

पन्तको अभिव्यक्तिको विरोध भएको थियो । सांसद ओलीले पन्तलाई पाठ सिकाउन काठमाडौं जिल्ला अदालतमा कारबाहीको मागदाबी गरेर मुद्धा दिएकी छिन् ।

एमालेका नेता पन्तले केही मिडियामा माफी समेत मागेका छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी पार्टीलाई ब्युँताइदिएपछि मूल पार्टी एमालेमा प्रवेश गरेकै दिन सांसद ओलीले पन्तविरुद्ध मुद्धा दायर गरेकी छिन् ।

वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल निकट मानिने नेता पन्तका अभिव्यक्ति पछिल्लो समय छुद्र रुपमा आएको भन्दै आलोचना समेत हुने गरेको छ ।

Published : Tuesday, 2021 March 9, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया