कांग्रेस केन्द्रीय सदस्य डा.दहितद्वारा राजापुरमा छात्रवृत्ति प्रदान

राजापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.गोपाल दहितले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. २ मा सोमबार युनिक नेपालद्वारा आयोजित कार्यक्रममा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रमका वक्ताहरूले शिक्षालाई बढावा दिनुपर्ने भन्दै जेहेन्दार र गरिव परिवारका विद्यार्थीलाई सबैले सक्ने सहयोग गर्नुपर्ने बताएका थिए । कांग्रेसले शिक्षामा विशेष ध्यान दिने गरेको पनि उनीहरूले बताएका थिए ।

कार्यक्रममा युनिक नेपालको तर्फबाट छात्रवृत्ति प्रदान गर्नुका साथै विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

युनिक नेपालका अध्यक्ष प्रेमबहादुर चौधरीको सभापतित्व भएको कार्यक्रमका प्रमुख अथिति कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहित, युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिना, प्रा.नरेश दहितलगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 March 8, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया