कांग्रेसका खतिवडासहितका नेताहरूद्वारा दाङमा स्व.गिरीप्रति श्रद्धाञ्जलि व्यक्त

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका बुबा स्व.लोकमणि गिरीको निधन भएकोमा कांग्रेसका पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूले श्रद्धाञ्जलि दिएका छन् ।

सोमबार दाङको तुलसीपुरस्थित निवासमा कांग्रेसका युवा नेता खतिवडा, नेताहरू डा.गोविन्द पोखरेल, राजु नेपालसहितले स्व.गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

उनीहरूले पूर्वमन्त्री गिरी र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । स्व.नेता गिरीको निवासमा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खडका, प्रदेश सांसद शंकर गिरी, कांग्रेस नेता किरणकिशोर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

खतिवडासहितका नेताहरू रोल्पा कांग्रेसको कार्यक्रममा सहभागी हुन तुलसीपुरबाट रोल्पा प्रस्थान गरेका छन् । मंगलबार रोल्पाको कार्यक्रममा सहभागी भएर खतिवडासहितका नेताहरू प्यूठान कांग्रेसको कार्यक्रममा सहभागी हुन जानेछन् ।

Published : Monday, 2021 March 8, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया