यी हुन् एमाले र माओवादीका सांसदहरू

काठमाडौं । सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धी विवादमाथि फैसला सुनाउँदै पूर्वएमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा ‘नेकपा’ नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता भएको सर्वोच्चले आइतबार सुनाएको फैसलामा उल्लेख छ ।

दुई पार्टी एकीकरण हुनुअघि प्रतिनिधि सभामा एमालेका तर्फबाट प्रत्यक्षतर्फ ८० जना सांसद छन् ।

एमालेबाट प्रतिनिधि सभामा समानुपातिक तर्फका ४१ सांसद छन् । यो आधारमा हेर्दा प्रतिनिधि सभामा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी १२१ सांसद छन् ।

प्रतिनिधि सभामा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ जना गरी ५३ जना सांसद छन् ।

पार्टी एकीकरण भएर नेकपा बनेपछि सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि एमाले र माओवादी केन्द्रका सांसद कोही प्रधानमन्त्री केपी ओली पक्षमा र कोही पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षमा गएका छन् ।

एमालेको प्रत्यक्षतर्फका सांसद

योगेशकुमार भट्टराई, बसन्तकुमार नेम्वाङ, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, पत्रिता निरौला खरेल, लालप्रसाद साँवा लिम्बु, केपी ओली, राजेन्द्रप्रसाद गौतम, भवनीप्रसाद खापुङ, राजेन्द्रकुमार राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, लालबाबु पण्डित, जयकुमार राई, विशाल भट्टराई, यज्ञराज सुनुवार, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, गणेशकुमार पहाडी, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाल लोहनी, नारायणप्रसाद खतिवडा, माधवकुमार नेपाल, कृष्णबहादुर राई, ईश्वर पोखरेल, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, कृष्णलाल महर्जन, गोकुलप्रसाद बाँस्कोटा, शेरबहादुर तामाङ, कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णभक्त पोखरेल, पाल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर विश्वकर्मा, कृष्णकुमार राई, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पदमाकुमारी अर्याल, तिलबहादुर महत क्षेत्री, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीपकुमार ज्ञवाली, गोकर्णराज विस्ट, दलबहादुर राना, सोमप्रसाद पाण्डे, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, वृजेशकुमार गुप्ता, मेटमणि चौधरी, हीराचन्द्र केसी, नन्दलाल रोका क्षेत्री, हृदेश त्रिपाठी, धनबहादुर बुढा, गोपालबहादुर बम, रविन्द्रराज शर्मा, राजबहादुर बुढा क्षेत्री, ध्रुबकुमार शाही, नवराज रावत, लालबहादुर थापा, भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, भैरवबहादुर सिंह, प्रेमबहादुर आले, झपटबहादुर रावल, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, दीपकप्रकाश भट्ट छन् ।

एमालेका समानुपातिकतर्फका सांसद

विजय सुब्बा, थम माया थापा, शिव माया तुम्वाहाङ्फे, सुजिता शाक्य, रामकुमारी झाक्री, विनाकुमारी श्रेष्ठ, तुल्सी थापा, नवीना लामा, शान्तीमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढाथोकी, मोहन बानियाँ, मुकुन्द न्यौपाने, राधाकुमारी ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी, गंगा चौधरी, निरादेवी जैरु, विमला बिक, पार्वतीकुमारी विशुन्के, सानु सिवा, आशा कुमारी विक, मोतीलाल दुगड, जुलीकुमारी महतो, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, रेखाकुमारी, सरिताकुमारी गिरी, कलिला खातुन र समिना हुसेन ।

माओवादी केन्द्रको प्रत्यक्षतर्फका सांसद

सुरेन्द्रकुमार कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल (केवट), हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोलप्रसाद गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, अग्निप्रसाद सापकोटा, पुष्पकमल दाहाल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकबहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गाबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गौरीशंकर चौधरी, लेखराज भट्ट र बीना मगर ।

माओवादी केन्द्रको समानुपातिकतर्फका सांसद

जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ सुवेदी, अमृता थापा, चुडामणि खड्का, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाइँ, सत्य पहाडी, रामकुमारी चौधरी, अञ्जना विशंखे, दुर्गाकुमारी विश्वकर्मा, इन्दुकुमारी शर्मा, वोधमायाकुमारी यादव, दिल कुमारी र चाँदतारा कुमारी ।

Published : Sunday, 2021 March 7, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया