भीम रावल बोल्दै गर्दा औँलो उठाएर अवरोध गर्ने यी सांसद को हुन् ?

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले बोल्दै गर्दै अवरोध सिर्जना भएको छ ।

आइतबार बसेको संसद बैठकमा ढ्याप–ढ्याप गरेर समय लिएर रावलले बोल्ने क्रममा सरकार र प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध कानूनी प्रश्न उठाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले रावललाई बोल्न दिएका थिए ।

रावलले बोल्दै गर्दा प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका थिए । उनले कार्यसूचीभन्दा बाहिरको कुरा उठाएको भन्दै रावलको विरोध गरेका थिए ।

सांसद अधिकारी कास्की जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारी प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् । बेलाबेला अधिकारीले संसद बैठकमा विभिन्न विषय उठाएर हल्लाखल्ला गर्ने गरेका छन् ।

तर, सभामुख सापकोटाले ओली समूहका सांसद अधिकारीका कुरालाई बेवास्ता गर्दै रावललाई बोल्न समय दिएका थिए ।

रावल बोल्नुभन्दा अगाडि नेपाल मजदुर किसान पार्टी (नेकिपा)का सांसदले समय मागेका थिए । उनलाई पनि सापकोटाले समय दिएका थिएनन् ।

Published : Sunday, 2021 March 7, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया