नेविसंघद्वारा चापागाउँमा ३७२ वर्ष पुरानो पोखरीको सरसफाइ

चापागाउँ । नेपाल विद्यार्थी संघ ललितपुर क्षेत्र नं. १ ले गोदावरी नगरपालिकाको चापागाउँमा रहेको ३७२ वर्ष पुरानो पोखरीको सरसफाइ गरिएको छ ।

नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनको विशेष पहलमा नेविसंघले शनिबार इखाः पोखरीको सरसफाइ गरिएको हो । सरसफाइपछि पोखरी सुन्दर देखिएको छ ।

१० वर्ष अगाडि महर्जनकै पहलमा पोखरीको जिर्णोद्धार गरिएको थियो । आधाभन्दा धेरै भाग पुरिएको पोखरी र नजिकै रहेको मन्दिरको संरक्षणका लागि महर्जनकै पहलमा जिणोद्धार भएको थियो । पोखरीको आफ्नै धार्मिक महत्व छ ।

चापागाउँका स्थानीय समाजसेवी लक्ष्मी कर्माचार्यले मीनकृष्ण महर्जनको पहलमा चापागाउँमा सामाजिक धेरै काम भएको बताए । उनले महर्जनको प्रशंसा गरेका छन् ।

नेपाली कांग्रेस तरुण विभाग बागमती प्रदेशका सचिव उमेश मेहर कायस्थले महर्जनको पहलमा भएको पोखरी संरक्षणले स्थानीय खुसी रहेको बताए ।

Published : Saturday, 2021 March 6, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया