भक्तपुरमा तरुण दलले पायो पूर्णता, वडादेखिनै कार्यसमिति गठन

भक्तपुर । नेपाल तरुण दल भक्तपुरका दुबै क्षेत्रीय कार्यसमितिले पूर्णता पाएका छन् ।

तरुण दलका अध्यक्ष राजु थापाले भक्तपुरका क्षेत्र नम्बर १ र २ लाई पूर्णता दिएका हुन् ।

भक्तपुर जिल्लाभरिको तरुण दलको वडादेखि जिल्ला तहसम्म पहिलो कार्यसमिति गठन भएको छ ।

नेपाल तरुण दल भक्तपुर क्षेत्र नम्बर १ को अध्यक्षमा प्रमेश्वर थापा चयन भएका छन् ।

क्षेत्र नम्बर २ को क्षेत्रीय अध्यक्षमा आकाश कार्कीलाई जिम्मेवारी तोकिएको छ । दुबै कार्यसमिति २१–२१ सदस्यीय बनाइएको छ ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा तरुण दलको कार्यसमितिलाई पूर्णता दिइएको तरुण दलका सदस्य राजु पुरीले जानकारी दिए ।

कार्यक्रममा तरुण दलका अध्यक्ष राजु थापाका साथै निवर्तमान सभापति गणेशमान चक्रधर, क्षेत्रीय सभापति जीवन खत्री, नारायण खैमलेलगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 March 6, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया