पाल्पामा दाइजो बोकेको जीप दुर्घटना

(फाइल तस्वीर)

तानसेन । पाल्पा जिल्लामा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

शनिबार बिहान २ बजे निस्दी गाउँपालिका– २ पोखरीछाँप नजिकै भित्री कच्ची सडक खण्डको बिरकोटमा लु १ ज १७६२ नम्बरको जीप दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहेको दाइजो छाडेर ज्यामिरेतर्फ फर्किदै गरेको जीप अचानक सडकबाट २५ मिटर तल खस्न जाँदा सवार चालकसहित ४ जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि तनासेनस्थित युनाईटेड मिशन अस्पतालमा ल्याइएको छ ।

दुर्घटनास्थलमा प्रहरी चौकी रुप्सेभञ्ज्याङ खटिएको टोलीले उद्धार गरेको थियो ।

दुर्घटनामा पाल्पा निस्दी– ७ बस्ने २२ वर्षीय रेवन आले, २१ वर्षीय डिलबहादुर सारु, २८ वर्षीय चन्द्रसिंह सुनारी र चालक पूर्वखोला गाउँपालिका– ३ का २७ वर्षीय शिशिर आचार्य घाइते भएका छन् ।

Published : Saturday, 2021 March 6, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया