सरकारमा जानै परे कांग्रेस आफैले नेतृत्व गरेर जान्छः सह–महामन्त्री डा.महत

भरतपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारमा जानु परे आफ्नै नेतृत्वमा जाने बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै डा.महतले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि सरकारबारे पार्टीले आफ्नो धारणा बनाउने बताए । उनले सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने बताएका छन् ।

उनले भने, ‘हाम्रो उपस्थितिबिना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौं ।’ डा.महतले सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत् रूपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको महतको भनाइ थियो ।

यसैबीच, सह–महामन्त्री डा.महत प्रजातन्त्र सेनानी स्वर्गीय लालध्वज गुरुङकी धर्मपत्नी अमृता गुरुङको श्रद्धाञ्जलि कार्यक्रममा पनि सहभागी भएका छन् ।

Published : Thursday, 2021 March 4, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया