रसुवाका नेकपा, राप्रपाका अध्यक्ष र सचिवसहित ठूला नेताहरू कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं । कम्युनिस्टहरू आलोकप्रिय भइरहेका बेला रसुवा जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बुढानिकलण्ठस्थित आफ्नै निवासमा नेकपासहितका विभिन्न दलका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेसका सांसद मोहन आचार्यको सक्रियतामा रसुवामा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रसुवाका अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपा महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवा जिल्ला कार्यसमिति सदस्यद्वय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष घ्याल्साङ तामाङ, नेकपा गाउँ कमिटीका सचिव दावा तेञ्जेङ लामा, नेकपाका वडा संयोजक पेम्बा धार्के मेघी रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवेश गर्नेमा नेकपा रसुवा–काठमाडौं सम्पर्क समितिका सचिव पेम्बा छेदेन तामाङ, तत्कालीन जनता समाजवादी पार्टी रसुवाका कार्यवाहक अध्यक्ष यब्दी तामाङ, जसपा रसुवा–काठमाडौं सम्पर्क समितिका सदस्य नेमा छिरिङ थोक्रा, जसपा जिल्ला समिति सदस्य सुप्पा थोक्रा तामाङ, बुद्धिमाया थोक्रा, छेसाङ थोक्रा, कुमार नेघी, अनिता नेघी, नीमा साङ्बो थोक्रा, सुनिता थोक्रा, तेन्जेन सेरेप तामाङ, स्थानीय बुद्धिजीवी प्राध्यापक शंकर अधिकारी प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा स्थानीय समाजसेवी पेम्बा डिण्डुप तामाङ, केसाङ तामाङ, हरि लामा, नीमा छिरिङ तामाङ, दावा वाङ्दी तामाङ, नेपाल लोकतान्त्रिक यातायात समितिका जिल्ला अध्यक्ष प्रदीप खड्का, लाप्पा तामाङ र दावा छोमु तामाङलगायतका रहेका छन् ।

नवप्रवेशीलाई पार्टीमा स्वागत र्दै कांग्रेस सभापति देउवाले इमान्दारिताका साथ कांग्रेसमा सक्रिय भएर देश र जनताको सेवा गर्न निर्देशन दिएका छन् ।

यसअघि फागुन १३ गते रसुवामा भव्य कार्यक्रमको आयोजना गरि तत्कालिन नयाँ शक्ति पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूलाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराएका थिए ।

Published : Thursday, 2021 March 4, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया