कम्युनिस्टका लागि आदर्श बने गिरिजाप्रसाद र कांग्रेस, रामकुमारी झाँक्री समेत ठूलो फ्यान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद एवम् नेतृ रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति गिरिजाप्रसाद कोइरालामा जस्तो नैतिकता र ईमान्दारिता हुनुपर्ने बताएकी छिन् ।

कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेकपाकी नेतृ झाँक्रीले कांग्रेस पार्टी र गिरिजाप्रसाद कोइरालाको प्रशंसा गरेकी हुन् । होलेरी घटनापछि गिरिजाप्रसाद कोइरालाले नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएकी छिन् ।

संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी झाँक्रीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कांग्रेसले देखाएको नैतिकतालाई पनि ध्यान दिनुपर्ने बताएकी हुन् । कांग्रेसको कट्टर आलोचक नेतृ झाँक्रीले अहिले आएर कांग्रेसलाई बुझेकी छिन् ।

झाँक्रीले तत्कालीन प्रधानमन्त्रीहरू मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नैतिकताका आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै ओलीको आलोचना गरेकी छिन् ।

प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाको बैठकमा आउन नैतिकताले नमिल्ने नेतृ झाँक्रीले बताएकी छिन् । उनले ओलीलाई संसदमा छिर्न मुख छोपेर, मास्क लगाएर आउन सुझाव दिएकी छिन् ।

‘अनुहार देखाएर प्रधानमन्त्रीलाई संसदमा आउन मिल्दैन’, उनले भनेकी छिन्, ‘केपी ओलीमा नैतिकता नभएपछि आउनु होला । संसदमा आउँदा ठूलो मास्क लगाएर नसकैले नचिन्ने गरेर आउनु होला ।’

प्रचण्ड–माधव समूहको नेकपाकी नेतृ झाँक्रीले ओली समूहले गण्डकी प्रदेशमा गर्ने भनिएको आमसभामा मान्छे नआएपछि हलमा कार्यक्रम गरेको बताएकी छिन् । आमसभामा मान्छे नआएपछि लाज बचाउन ओलीले सुरक्षाको थ्रेटको बहानामा नाटक गरेको झाँक्रीले आरोप लगाएकी छिन् ।

बालुवाटारको जग्गा काण्ड उठाए जस्तै गरि प्रचण्ड–माधव समूहले पछि नेपाल ट्रष्टको जग्गा काण्ड र यती काण्ड उठाउने उनले चेतावनी दिएकी छिन् । कारबाही गर्छौं । प्रधानमन्त्री ओलीले तीन वर्षमा गरेको भ्रष्टाचार सांसद किन्नलाई रहेछ भन्ने पुष्टि भएको उनले आरोप लगाएकी छिन् ।

नेकपाकी नेतृ झाँक्रीले प्रदेश १ मा ओली समूहले प्रदेश सांसदहरू किनेर आफूतिर लगेको आरोप पनि लगाएकी छिन् ।

Published : Thursday, 2021 March 4, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया