मोहन बस्नेतले जनताको सेवा गर्नेहरूलाई सम्मान गर्ने, सिन्धुपाल्चोकका कम्युनिस्टहरूलाई तनाब

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोरोना महामारीका बेला उद्धार र राहतमा खटिएका व्यक्तिहरूलाई सम्मान गर्ने भएका छन् ।

सिन्धुपाल्चोक जिल्लामा कोरोनाभाइरसको महामारीका बेला सर्वसाधारणको स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्री वितरण गर्ने व्यक्ति, खाद्यान्न, लत्ताकपडा, त्रिपाल लगायत सामग्री बितरण गरेकाहरूलाई बस्नेतले फागुन २३ गते सुकुटे रिसोर्टमा बिहान ११ विशेष कार्यक्रम गरेर सम्मान गर्नेछन् ।

सामाजिक कार्य र दायित्वमा विशेष भूमिका खेलेका र जनताको सेवामा लागेका कांग्रेस नेता कार्यकर्ता, विभिन्न सामाजिक संघ संस्थाहरूलाई कांग्रेस नेता बस्नेतले सम्मान गर्न लागेको जनाइएको छ ।

कोरोनाका बेला उत्कृष्ट काम गर्ने जनप्रतिनिधिका साथै समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीलाई पनि सम्मान गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले सम्मानित हुनेहरूलाई नगदसहित सम्मान गर्नेछन् ।

कोरोना महामारीका बेला लकडाउन शुरु भएकै दोस्रो दिनदेखि कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोकका सर्वसाधारणलाई स्वास्थ्य सामग्रीका साथै खाद्यान्न वितरण गरेका थिए ।

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले नेता बस्नेतलाई स्वास्थ्य सामग्री र खाद्यान्न वितरणमा अवरोधको प्रयास गरेको थियो ।

सिन्धुपाल्चोक कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटासहितका कम्युनिस्टहरूको दवावमा नेता बस्नेतलाई राहत र उद्धारमा खटिनबाट रोक्न प्रहरीलाई दवाव दिएको आरोप लगाउँदै आएको छ ।

सत्तामा रहेका कम्युनिस्टले जनताका काम नगरेको भनेर आरोप लागेका बेला कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा प्रकृतिक विपत्तिका बेला पनि राहतका सामग्री लगेर पीडित र प्रभावितलाई वितरण गर्दै आएका छन् ।

Published : Thursday, 2021 March 4, 8:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया