गल्कोट नगरपालिकामा तरुण दलको नयाँ कार्यसमिति चयन

गल्कोट । बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकामा नेपाल तरुण दलको नयाँ कार्यसमिति चयन भएको छ ।

गल्कोटमा बुधबार सम्पन्न अधिवेशनले गल्कोट नगरपालिका नेपाल तरुण दलको अध्यक्षमा गोर्ख भण्डारीलाई चयन गरेको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले जानकारी दिएका छन् ।

अधिवेशनले उपाध्यक्षद्वयमा केयरसिंह खत्री र बाबुराम केसीलाई चयन गरेको छ ।

सचिवमा चिराग राना, सह–सचिवमा पदम गौतम, सह–सचिवमा ईन्द्रा काउचा, कोषाध्यक्षमा राम खत्री, सह–कोषाध्यक्षमा सुनिल रोका मगर चयन भएको कोषाध्यक्ष मगरले जानकारी दिएका छन् ।

सदस्यहरूमा ईश्वर सुवेदी, नेत्र श्रीष, सरोज खड्का, नवीन खत्री, कुष्ण कुँवर, नेत्र घर्ती, विक्रम सुनार, बाबुराम बोहरा, सन्त भण्डारी, भुवन बोहरालगायत चयन भएका छन् ।

अधिवेशनमा नेपाल तरुण दल बाग्लुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’, गल्कोट नगरपालिकाका प्रमुख एवम् कांग्रेस नेता भरत शर्मा गैरे, कांग्रेस नेताहरू मनोज बम मल्ल, फमबहादुर खत्री, नेपाल तरुण दल बाग्लुङका सचिव नवीन शेरचन, गल्कोट कांग्रेसका सभापति नारायणध्वज मल्ल, नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्ती मगरलगायतको उपस्थिति रहेको थियो ।

नगर अधिवेशन गर्नुभन्दा अगाडि गल्कोट नगरपालिकाका सबै वडाहरूमा तरुण दलको नयाँ कार्यसमिति गठन भएको थियो ।

Published : Wednesday, 2021 March 3, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया