देउवाले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बुधबार देउवाले काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

संसद सचिवालयले संसद बैठक शुरु हुनुभन्दा केही दिने अगाडि सांसद, कर्मचारी र सहयोगी तथा मर्यादापालकहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिएको छ ।

Published : Wednesday, 2021 March 3, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया