बर्दिया कांग्रेसद्वारा सदस्यता वितरणबारे परामर्श

बर्दिया । नेपाली कांग्रेस बर्दियाले क्रियाशील सदस्यतालाई वितरण गर्ने विषयमा आन्तरिक परामर्श गरेको छ ।

बर्दिया कांग्रेसका सभापति सञ्जय गौतमले आइबार बैठक राखेर पार्टीका नेताहरूसँग क्रियाशील सदस्यता कसरी वितरण गर्ने भनेर परामर्श गरेको संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा धारणा राख्ने नेताहरूले पार्टीमा योगदान दिएका र इमान्दारिताका साथ सक्रिय रहेकालाई क्रियाशील सदस्यता दिनुपर्ने धारणा राखेका थिए ।

उनीहरूले कसैलाई पनि भेदभाव नगरिकन सदस्यता वितरण गर्नुनर्पे धारणा राखेको तिमिल्सिनाले बताए ।

बैठकमा प्रदेश सभापति, संघीय क्षेत्रीय सभापति, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू र जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 March 1, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया