नेपालीहरूले लगाएकै कोरोनाविरुद्धको खोप मोदीले लगाए

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । मोदीले पहिलो चरणअन्तर्गत खोप लिएका हुन् ।

मोदीको फेसबुक पेजका अनुसार सोमबार बिहान उनले एम्स अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् । भारतमै उत्पादन भएको कोरोनाविरुद्धको कोभ्याक्स खोप लगाएको जनाइएको छ ।

उनले खोप लगाउने आफ्ना नगारिकहरूलाई अपील पनि गरेका छन् । सबै नागरिकलाई खोप निःशुल्क लगाइने मोदीले जनाएका छन् ।

कोरोनाविरुद्धको लडाइँमा खोप बनाउने वैज्ञानिक र डाक्टरहरूलाई भारतीय प्रधानमन्त्री मोदीले धन्यावाद दिएका छन् ।

‘म सबैलाई अपील गर्दछु कोरोनाविरुद्धको खोप लिन योग्य छन्’, उनले भनेका छन्, ‘हामी सबै मिलेर भारतलाई कोरोना मुक्त बनाऔँ ।’

भारत सरकारले आफ्नै देशमा उत्पादन भएको कोभ्याक्स खोप नेपाललाई दश लाख डोज दिएको छ । भारतले दिएको खोप नेपालीहरूले लगाइसकेका छन् । त्यसको राम्रो असर देखिएको छ ।

Published : Monday, 2021 March 1, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया