कांग्रेसलाई जिताउनुस्, कम्युनिस्टले जित्दा प्रचण्डका घरबेटीहरू मोटाउँछन्ः राजिवबिक्रम शाह

छहरे । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजिवबिक्रम शाहले प्रचण्डका घरबेटी जस्ता ठेकेदारहरूले गर्दा देशको विकास हुन नसकेको आरोप लगाएका छन् ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिकको छहरे बजारमा शुक्रबार ‘प्रथम ऐतिहाँसिक छहरे महोत्सव तथा व्यापार मेला– ०७७’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहले घरबेटी जस्ता ठेकेदारले विकासका कामहरूलाई होल्ड गरेर काम नगरी राख्दा मुलुकको समृद्धिमा अवरोध आएको बताएका हुन् । कांग्रेसले जहिले पनि देश र जनताको पक्षमा योजना बनाएर काम गर्दै आएको युवा नेता शाहले बताएका छन् ।

‘देश बनाउने योजना कांग्रेसले ल्याउँछ । लागू गर्ने ठेकेदारहरूले हो’, उनले भने, ‘ठेकेदार माओवादीको हुन्छ । कांग्रेसले योजना हाल्छ । काम ठेकेदारहरूले बिगार्छ । ठेकेदारले किन बिगार्छ भने प्रचण्ड जस्ताको घरबेटी भएको कारणले विकास भइरहेको छैन ।’

नेता शाहले अबको निर्वाचनमा कांग्रेसलाई जिताउन सबैलाई अपील पनि गरेका छन् ।

‘कांग्रेसले जित्यो भने कम्युनिस्टको पनि जित हो । कांग्रेसले समान विकास र व्यवहार गर्छ । सबैको विकास चाहन्छ’, उनले भने, ‘नेकपाले जित्दा आसेपासे र झोलेको मात्रै विकास हुन्छ । त्यही कारण दुईतिहाइको सरकार ढलेको छ ।’

उनले भनेका छन्, ‘कांग्रेसले विकास गरेको छ । सेवा गरेर आएको छ । कांग्रेसको महत्व बुझ्नुपर्छ ।’

नेता शाहले भने, ‘कांग्रेसले जनताको लागि लड्दा, सेवा गर्दा पनि कहिले काहिँ जनताले भुलेर कम्युनिस्टलाई भोट हाल्छन् । कम्युनिस्ट भनेका कस्ता हुन् अब बुझ्नु होला ।’

‘जनतालाई न्याया, लोकतन्त्र, संविधान, शान्ति चाहिन्छ । दुईतिहाइको सरकारबाट मुक्ति चाहिन्छ’, उनले भनेका छन् ।

कांग्रेस नेता शाहले आफू लामो समय विदेशमा पढेर स्वदेशमै व्यापार गर्नुपर्छ भनेर फर्किएको बताए । माओवादीको कथित जनयुद्धले आफूलाई व्यवसाय गर्न अबरोध गरेको गुनासो गरे ।

‘नुवाकोटमा १६० रोपनी जग्गा किनेर रिर्सोट खोलेर बस्न खोजेको थिएँ । माओवादीले काम गर्न दिएन’, उनले भने, ‘माओवादी युद्धले काम गर्न पाइँन ।’

उनले भनेका छन्, ‘माओवादीका कारण दश वर्ष देशको विकास अवरोध भयो । विकास भएन ।’

Published : Saturday, 2021 February 27, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया