बाग्लुङको गाल्कोट– ११ मा तरुण दल गठन

बाग्लुङ । नेपाल तरुण दल बाग्लुङले गल्कोट नगरपालिका– ११ मा वडा तरुण दलको कार्यसमिति गठन गरेको छ ।

जागरण अभियान र संगठन बिस्तार अभियानअन्तर्गत शनिबार तरुण दलले गल्कोट नगरपालिका वडा नम्बर ११ मा विष्णु पुनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्ती मगरले जानकारी दिएका छन् ।

नेपाल तरुण दल बाग्लुङका सचिव नवीन शेरचनको प्रमुख आतिथ्यतामा तरुण दलको वडा कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिमा होमबहादुर सार्की र दिनेश श्रीसलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

सचिवमा सविन घर्ती, सह–सचिवमा कमल पुन र कोषाध्यक्षमा ताइसन श्रीसलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा नेपाल तरुण दल बाग्लुङका सचिव तथा प्रतिनिधि नवीन शेरचनका साथै नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्ती मगर, नेपाल तरुण दल गल्कोट नगरपालिकाका अध्यक्ष गोर्ख भण्डारी, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च गल्कोटका नगर सभापति रविन बोहोरा, नेपाली कांग्रेसका वडासभापति चन्द्रबहादुर श्रीस, स्थानीय नेताहरू शंकर पुन, ओमबहादुर श्रीस ‘प्रशान्त’, तरुण दलका पूर्व वडा अध्यक्ष बेग थापा लगायतको उपस्थिति थियो ।

Published : Saturday, 2021 February 27, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया