हरियाली पार्टीका तत्कालीन अध्यक्ष शर्माको निधन

काठमाडौं । हरियाली पार्टी नेपालका तत्कालीन अध्यक्ष कुवेर शर्माको ७८ वर्षको उमेरमा निधन भएको छ ।

शर्माको शुक्रबार काठमाडौंमा निधन भएको परिवारजनले बताएका छन् ।

०४८ सालमा सप्तरी जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका शर्मा कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका अत्यन्तै सहयोगी रहेका थिए ।
शर्मा नेपालको पहिलो चार्टरड एकाउन्टेन्ट पनि हुन् ।

साहित्यकार समेत रहेका शर्मा ‘निर्दल कता बहुदल कता ?’ कृतिका लेखक पनि हुन् । केही समय पत्रकारितामा सक्रिय भएका शर्माले लाोकतान्त्रिक आन्दोलनमा योगदान दिएका थिए ।

Published : Saturday, 2021 February 27, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया