देउवासँग भारतीय राजदूतको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

राजदूत क्वात्राले बिहीबार सभापति देउवासँग बुढानिलकण्ठमा भेटवार्ता गरेको स्रोतले जनाएको छ ।

अदालतले संसद पुनःस्थापनाको फैसला गरेको दुई दिनपछि भारतीय राजदूत क्वात्राले सभापति देउवासँग भेट गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बेला भारतीय राजदूत क्वात्राले भेट गरेका छन् ।

देउवासँग क्वात्राले संसद पुनःस्थापनापछिको राजनीतिक परिस्थितिबारे परामर्श गरेको बुझिएको छ ।

कांग्रेस सभापति देउवाले संसद पुनःस्थापना हुनुले संविधान ट्रयाकमा आएको र राजनीतिक प्रक्रिया स्वाभाविक बाटोमा आएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला भारतीय राजदूत क्वात्राले कांग्रेस सभापति देउवासँग भेट गरेको विषयले नेपाली राजनीतिमा चर्चा पाएको छ ।

Published : Thursday, 2021 February 25, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया