डा.महतले शुक्रबार प्रथम छहरे महोत्सवको उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले नुवाकोटको प्रथम छहरे ऐतिहाँसिक महोत्सव एवम् व्यापार मेला नुवाकोट लिखु– २०७७ को उद्घाटन गर्ने भएका छन् ।

डा.महतले शुक्रबार लिखुमा महोत्वसको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटनका लागि डा.महत शुक्रबार लिखु जाने कार्यक्रम छ ।

लिखु गाउँपालिकाको कुमालठाँटीमा फागुन १४ देखि २२ गतेसम्म महोत्सव चल्नेछ ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति हुनेछ । महोत्सवमा विभिन्न प्रकारका व्यापारिक स्टलहरू पनि राखिएका छन् ।

Published : Thursday, 2021 February 25, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया