देउवाले यसरी खोले कांग्रेसको बाध्यता, कार्यकर्ताहरूको मन छोयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले पद छाड्दा राम्रो हुने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरेकोले ओलीले कि त प्रतिनिधि सभामा बहुमत पुर्‍याउनुपर्ने नभए छोड्नुपर्ने बताएका हुन् ।

‘अदालतको निर्णयपछि ओलीजीले संसदमा कि त बहुमत पुर्‍याउनुपर्‍यो होइन भने त छोड्दा राम्रो हुन्छ’, उनले भने, ‘उहाँलाई यसो गर उसो गर हामीले भन्ने होइन । उहाँको पार्टीको कुरा हो ।’

सभापति देउवाले पार्टी संसदीय दलको बैठक पनि राख्ने बताएका छन् । ‘हामीले पार्टीमा पनि सल्लाह गर्नुछ अब कसरी जाने भनेर’, उनले भनेका छन् ।

उनले प्रतिनिधि सभा बाँचेकोले खुसी हुनुपर्ने बताएका छन् । कांग्रेससँग संसदमा कम सिट रहेको देउवाको भनाइ छ ।

‘संसदमा यति कम सिट छ हाम्रो’, सभापति देउवाले भने, ‘पक्ष पनि हुँदैन, विपक्ष पनि हुँदैन जस्तो छ । विपक्षी पार्टी पनि नहुनेजस्तो छ ।’

देउवाले भनेका छन्, ‘उनीहरू मिले भने हामी विपक्षी पार्टी होला । उनीहरूको पार्टी के हुन्छ ।’
सभापति देउवाले पार्टीलाई रोग लागेको पनि बताएका छन् । उनले महाधिवेशन भदौमा जसरी पनि गर्नुपर्ने बताए ।

उनले अब प्रतिनिधि सभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । देउवाले कांग्रेसले केही गरेन भन्नेहरूले नै अहिलेको अवस्थामा कांग्रेसलाई खोजिरहेको बताएका छन् ।

कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको देउवाले बताएका छन् । कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको देउवाको भनाइ छ । देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस चाहियो ?’

उनले मानिसहरूले कांग्रेसलाई खोजिरहेको पनि बताए । जनता, वुद्धिजीविहरू र पत्रकारले कांग्रेस कता छ भनेर खोजेकोले उनले धन्यबादसमेत दिए ।

उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए । ‘उहाँहरूका बीचमा झगडा भयो। अहिले दुइटा समूह छ’, उनले भने, ‘पार्टी एकै छ । हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन ।’

सर्वोच्चले प्रतिनिधि सभा विघटनबारे अन्तरिम आदेश नदिएकोले आफूले पुनःस्थापना र चुनाव दुबै जे भए पनि स्वीकार गर्छौं भनेको देउवाले स्मरण गरेका छन् ।

‘सर्वोच्चले स्टे अडर देला भनेको दिएन । त्यसपछि के होला के होला भन्ने लाग्यो मलाई । शंका थियो’, उनले भने, ‘त्यही भएर मैले पुनःस्थापना र चुनाव जे भए पनि स्वीकार गर्ने बताएको हुँ ।’

देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको पनि बताएका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको देउवाले टिप्पणी गरेका छन् ।
‘माधव नेपाल–प्रचण्डजीहरू कसरी जान्छन् ? नेकपा के हुन्छ ? भन्ने प्रष्ट नभएकाले अझै के हुन्छ भन्ने अन्यौल छ’, सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस चाहियो ?’ उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताएका छन् । ‘उहाँहरूका बीचमा झगडा भयो । अहिले दुइटा समूह छ’, उनले भने, ‘पार्टी एकै छ । हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन ।’

Published : Wednesday, 2021 February 24, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया