कांग्रेसले बिहीबार बोल्ड निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापना भएको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो बुढानिकलण्ठमा बस्नेछ ।

पुस ५ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसद विघठन गरिएको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ राजनीति अवस्था सिर्जना भएको छ ।

दुई हप्तापछि संसदको बैठक बस्ने तयारी छ । प्रचण्ड–माधव नेपालले कांग्रेससँग भेटेर मिलेर जान प्रस्ताव गरेका छन् ।

समग्र राजनीतिक विषयमा छलफल गरेर अगाडि बढ्ने विषयमा कांग्रेसले बिहीबारको बैठकबाट रणनीति तयार पार्नेछ ।

प्रचण्ड–माधव समूहले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको चर्चा पनि छ ।

त्यसका लागि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पहिलो सर्त राखेको समाचार बाहिर आएका छन् ।

Published : Wednesday, 2021 February 24, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया